पर्सा । पर्साको जिराभवानी गाउँपालिकाको वडा नं.०२ मा ६२ बिपन्न घर परिवारलाई राहत सामग्री प्रदान गरिएको छ ।

भोलिन्टीयर काँप नेपाल (भिसिएन) ले सेढवा टोलमा रहेका ६२ घर परिवारलाई प्रति परिवार २५ के.जी चामल, एक किलो दाल, एक प्याकेट नुन, एक बोतल खाने तेल, नुहाउने तथा भाडा सफा गर्ने साबुन एक एकपिस र दाँतमाज्ने मंजन एक पिस प्रदान गरिएको भिसिएनका पर्सा संयोजक प्रकाश थारुले जानकारी दिनु भयो ।

जिराभवानी मंन्दिरमा एक कार्यक्रमको आयोजना गरी सेढवा टोलका माँझी तथा दलित बस्तीका ६२ घरका प्रत्येक परिवारलाई भिसिएनका अध्यक्ष दिपक चापागाई तथा उपाध्यक्ष राधा मटाङगी, सशस्त्र प्रहरी सुरक्षा बल जिराभवानीका सशस्त्र प्रहरी निरीक्षक केदार राईले संयुक्तरुपा हस्तान्त्रण गर्नुभयो ।

सो कार्यक्रमको सहजीकरण संयोजक प्रकाश थारुले गर्नुभयो ।
यसैबीच, भिसिएनले सोहि स्थानमा करिब ४० घर परिवारलाई प्रयोगका लागि घरमा निर्माण गरी हस्तान्त्रण गरेको छ ।

कार्यक्रममा स्थानीले एक अर्को धाराको माग गर्दा भिसिएनका अध्यक्ष दिपक चापागाईले सोहि समय एक अर्को धाराका लागि चाहिने रकम पनि प्रदान गर्नुभएको हो ।

कार्यक्रममा स्थानीय पत्रकार ओम प्रकाश चौधरी, भिसियनका विश्वास लामिछाने, सुनिल भंडारी लगायतको पनि सहभागीता रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर