जितपुर,भदौ २३ गते नेपाली काग्रेस जीतपुरसिमरा उपमहानगरपालिकाका नगर सभापति श्यामबाबु गुप्ताले बालबालिकाहरुका लागि कपडा वितरण गरेका छन । करिब ६० हजारको लगतमा ८० जना विधाथीहरुलाई कपडा वितरण गरिएको नेता गुप्ताले बताउनुभयो ।

करिब ८ वर्ष देखि स्थानीय युवा मनाेज कुमार साहले संचालन गर्दै आएका निःशुल्क कोचिङ सेन्टरमा अध्यनरत्त जेहेनदार बिधाथीहरुलाई कपडा नगर सभापति ज्युले वितरण गरेका हुन ।नेपाली काग्रेस जीतपुरसिमरा उपमहानगरपालिकाका नगर सभापति श्यामबाबु गुप्ताले प्रत्येक वर्ष गरिब असहाय विधार्थिहरुलाई आवश्यक सामाग्री वितरण गर्दैै आएका छन । गुप्ताले बालबालीकाहरुको सफलतामा शिक्षाले महत्वपुर्ण भुमिका खेल्ने गरेको तथा शिक्षा विना मानिसहरु न घरको न घाटको हुने कार्यक्रममा बताएका छन । गुप्ताले समाजिक अभियन्ता मनाेज भाईले गरेको काम एउटा उदाहरणकाे रुपमा रहेको भन्दै उनलाई धन्यवाद दिएका छन । यस्ता युवालाई हामी सबैले सम्मान र सहयोग गर्नु सबैको कर्तब्य भएको गुप्ताले बताए । सो अवसरमा नेपाल तरुण दल प्रदेश सदस्य शेखर भण्डारी सहित सन्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर