कलैया । भारतको मोतिहारी बाल गृहमा रहेका बाराका एक बालकको उद्दार गरिएको छ ।

संरक्षण नेपाल बाराको सहजिकरणमा संचालित बाल हेल्पलाइन नं १०९८ नेपाल बाराले भारतको मोतिहारीबाट एक बालकलाई उद्वार गरि परिवारजन को जिम्मा लगाएको हो ।

जिल्ला को सुवर्ण गाउँपालिका वडा नं. ६ मझरियाका बुनिलाल दास तात्माको १६ बर्षिय छोरा किशोरी दास तात्मालाई भारतको मोतिहारीबाट उद्वार गरि परिवार जनको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रब्क्ता प्रहरी नायव उपरिक्षक गौतम मिश्रले बताउनु भयो ।

बिगत एक बर्ष अगाडी भारतको मोतिहारीको एक होटलमा काम गर्ने क्रममा भारतीय प्रहरीले समाती बाल श्रमको मुद्दा लगाई बाल गृह मोतिहारिमा राखेको थियो ।

बालकको अभिभावकले उद्वारको लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषदको सहयोग र संरक्षण नेपाल बाराको सहजीकरणमा संचालित बाल हेल्पलाईन नं १०९८ नेपाल बारालाई जानकारी गराईएकोमा बिगत एक महिनाको पहलमा बालकलाई उद्वार गरेको संरक्षण नेपाल का अध्यक्ष बृजमोहन कुशवाहाले बताउनु भयो ।

भारतको समाज कल्याण बिभाग पटनाबाट कानुनी प्रकिया मिलेपछि मंगलबार भदौ २२ गते बाल हेल्पलाइन न. १०९८ बाराको टोली गई बालकलाई लिएर नेपाल फर्किएको संस्थाका कार्यक्रम संयोजक मुकेश कुमार कुशवाहाले बताउनु भयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर