जनकपुरधाम । प्रदेश २ का सभामुख सरोज यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर संघीय समाजवादी पार्टी नेपाल (जसपा) रोजेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो निकट मानिएका सभामुख यादव उनी उपेन्द्र यादव तिर रहेका छन् ।

जसपा विभाजन भएर लोसपा दर्ता भएपछि निर्वाचन आयोगले २२ भदौसम्ममा दल रोज्न समय सिमा तोकेको थियो । तर सभामुख यादवले लोसपाको पक्षमा हस्ताक्षर नगरेपछि उनी जसपामै रहेको देखिन्छ ।

प्रदेश को सभामुख भएपछि कुनै दलगत गतिविधि गर्न मिल्दैन । त्यही भएर पनि यादवले लोसपाको पक्षमा सनाखत नगरेको बताइएको छ । तर निर्वाचन आयोगका सहायक प्रवक्ता एवं उपसचिव कोमलप्रसाद धमलाले प्रदेशसभा सदस्य भएकै कारण सभामुख चयन गरिएको हुनाले विभाजित दलका प्रदेशसभा सदस्यले नयाँ दलमा सामेल हुन चाहेमा सनाखत गर्नैपर्ने प्रस्ट पारे । वरिष्ठ नेता महतो निकट मानिने धेरै नेताहरुले उनको साथ छोडेका छन् ।

यसअघि नै महतो पक्षका राष्ट्रियसभा सदस्य एवं कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंह यादव, कार्यकारिणी सदस्य एवं प्रदेश २ सांसदसमेत रहेका समाजिक विकासमन्त्री नवलकिशोर साह, संघीय सांसदहरु प्रमोद साह, अमृता अग्रहरि, नरमाया ढकाल, प्रदेश २ का सांसद मनिष सुमन, डा. रिना यादव, अञ्जु यादव, निरा साहले पनि महतोको साथ छाडिसकेका छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर