साजिर मन्सूर
कलैया,भदौ २५

गुणस्तरीय शिक्षाका लागि जो सुकै सङ्ग पनि लड्न सक्नुपर्ने काङ्ग्रेसका प्रभावशाली केन्द्रिय सदस्य एवम पुर्व सान्सद राधेचन्द्र यादबले बताएका छन । नमुना बिधालय गुरु योजना अन्तरगत निर्माण भएको १२ कोठे ३ तल्ले भवनको बारा सदरमुकाम कलैया बरेवा बैरिया स्थित श्री दुर्गा नमुना माबीको उदघाटन गर्दै प्रमुख अतिथी समेत रहेका यादबले यस्तो बताएका छन । यादबले शिक्षाको बिकास भए मात्र समग्रमा बिकासको कल्पना गर्न सकिने बताउदै अहिले पनि युगको आवस्यकता अनुरुप तराई मधेसमा शिक्षामा लगानी नभएको बताए । शिक्षामा लगानी भयो भने मात्र हाम्रो जिल्ला देशमा नमुना बन्न सक्छ बन्दै निरन्तरको प्रयासले मात्र दुर्गा माबी नमुना बिधालयमा पर्न सकेको भन्दै यसको निरन्तर को बिकासका लागि सबै बिधालयका कर्मचारी ईमान्दार हुनुपर्नेमा जोड यादबले दिए । १२ कोठे भवन निर्माणमा १ करोड ९२ लाख लागत लागेको लेखा पाल देव कुमार प्रसाद साहले बताउनुभयो । सोही अवसरमा ९६ लाखको लागतमा निर्माण भएको २ तल्ले सुबिधा सम्पन्न लाईब्रेरिको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादबले उडघाटन गरेका छन । यता सोही कार्यक्रममा ३९ लाखको लागतमा निर्माण गरिएको २ तल्ले चार कोठे भवनको रिबन काटेर उपमेयर रहिमा खातुनले उदघाटन गर्नुभएको बिधालयका शिक्षक उमाशन्कर यादबले जनाए । बिशिस्ट अतिथिका रुपमा सम्बोधन गर्दै कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादबले कलैया उपमहानगर सरकारले नगरका सवै बिधालयलाई नमुना बनाउन चाहेको बताउदै यसमा सबै नगरबासी र बिधालयका ब्यवस्थापन समिति र प्रधानाध्यापक तथा बिधालय कर्मचारीको सहयोग हुनुपर्ने बताए । बिधालय ब्यवस्थापन समितीका अध्यक्ष अवधेश प्रसाद यादबको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा उप मेयर रहिमा खातुन,वडा अध्यक्षहरु,नेपाली काङ्ग्रेस बाराका सभापति जय चन्द्र चौरसिया, पुर्व मन्त्री कलावती पास्वान, प्रमुख प्रशासकिय अधिकृत प्रल्हाद बर्नवाल,प्रशासन साखा प्रमुख हाजी मुस्ताक अन्सारी,नेमकिपा बाराका अध्यक्ष मुक्ति यादब,छय रोग निवारण संस्थाका अध्यक्ष सुरेश मोदक,रोशन यादब,प्रधानाध्यापकहरु मनोज साह,दिबेन्द्र गिरि,नरेन्द्र गिरि,प्रदिप साह लगायतकाको उपस्थिति रहेको थियो । अहिले पनि बिधालयमा प्रयोगशाला भवन निर्माणको क्रममा रहेको र प्रशासनिक भवन,चमेना गृह,आधारभुत भवन तथा छात्रछात्राबास बन्न बाकी रहेको बिधालयका प्रधानाध्यापक मनोज यादबले बताए ।
दुर्गा नमुना माबी का प्रधानाध्यापक मनोज यादबले स्वागत गरेको कार्यक्रमको सन्चालन शिक्षक पवन कुमार यादबले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर