साजिर मन्सूर
कलैया,भदौ २५
सुबिधा सम्पन्न ई लाईब्रेरिको कलैया उपमहानगरपालिका का प्रमुख राजेश राय यादबले उदघाटन गरेका छन । दुर्गा नमुना माब बरेवामा नमुना बिधालय गुरु योजना अन्तरगत निर्माण भएको २ तल्ले ई लाईब्रेरिको यादबले उदघाटन गरेका छन । ९६ लाखको लागतमा निर्माण भएको २ तल्ले सुबिधा सम्पन्न लाईब्रेरि प्रदेशमै नमुना भएको यादबले बताए । कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादबले कलैया उपमहानगर सरकारले नगरका सवै बिधालयलाई नमुना बनाउन चाहेको बताउदै यसमा सबै नगरबासी र बिधालयका ब्यवस्थापन समिति र प्रधानाध्यापक तथा बिधालय कर्मचारीको सहयोग हुनुपर्ने बताए । बिधालय ब्यवस्थापन समितीका अध्यक्ष अवधेश प्रसाद यादबको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा उप मेयर रहिमा खातुन,वडा अध्यक्षहरु,नेपाली काङ्ग्रेस बाराका सभापति जय चन्द्र चौरसिया, पुर्व मन्त्री कलावती पास्वान, प्रमुख प्रशासकिय अधिकृत प्रल्हाद बर्नवाल,प्रशासन साखा प्रमुख हाजी मुस्ताक अन्सारी,नेमकिपा बाराका अध्यक्ष मुक्ति यादब,छय रोग निवारण संस्थाका अध्यक्ष सुरेश मोदक,रोशन यादब,प्रधानाध्यापकहरु मनोज साह,दिबेन्द्र गिरि,नरेन्द्र गिरि,प्रदिप साह लगायतकाको उपस्थिति रहेको थियो । दुर्गा नमुना माबी का प्रधानाध्यापक मनोज यादबले स्वागत गरेको कार्यक्रमको सन्चालन शिक्षक पवन कुमार यादबले गरेका थिए ।







