साजिर मन्सूर
कलैया,भदौ २५

कलैया उपमहानगरपालिकाको उप मेयर रहिमा खातुनले श्री दुर्गा माबी बरेवामा रहेको नव निर्माण भएको ४ कोठे भवनको उदघाटन गरेकी छन । शिक्षा बिभागबाट बिधालय सुधार योजना अन्तरगत प्राप्त भएको बजेट बाटोल सो निर्माण भएको हो । ३९ लाखको लागतमा निर्माण गरिएको २ तल्ले चार कोठे भवनको रिबन काटेर उपमेयर रहिमा खातुनले उदघाटन गर्नुभएको बिधालयका शिक्षक उमाशन्कर यादबले जनाए । बिधालय ब्यवस्थापन समितीका अध्यक्ष अवधेश प्रसाद यादबको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा वडा अध्यक्षहरु,नेपाली काङ्ग्रेस बाराका सभापति जय चन्द्र चौरसिया, पुर्व मन्त्री कलावती पास्वान, प्रमुख प्रशासकिय अधिकृत प्रल्हाद बर्नवाल,प्रशासन साखा प्रमुख हाजी मुस्ताक अन्सारी,नेमकिपा बाराका अध्यक्ष मुक्ति यादब,छय रोग निवारण संस्थाका अध्यक्ष सुरेश मोदक,रोशन यादब,प्रधानाध्यापकहरु मनोज साह,दिबेन्द्र गिरि,नरेन्द्र गिरि,प्रदिप साह लगायतकाको उपस्थिति रहेको थियो । अहिले पनि बिधालयमा प्रयोगशाला भवन निर्माणको क्रममा रहेको र प्रशासनिक भवन,चमेना गृह,आधारभुत भवन तथा छात्रछात्राबास बन्न बाकी रहेको बिधालयका प्रधानाध्यापक मनोज यादबले बताए ।
दुर्गा नमुना माबी का प्रधानाध्यापक मनोज यादबले स्वागत गरेको कार्यक्रमको सन्चालन शिक्षक पवन कुमार यादबले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर