साजिर मन्सूर
कलैया,भदौ २८

रास्ट्रीय युवा संघ बारा द्वारा सदरमुकाम कलैयामा सरकार विरुद्ध नाराबाजी सहित बिरोध प्रदर्सन गरिएको छ । सरकारले अभिव्यक्ति स्वतन्त्रता हनन गर्न खोजेर काठमान्डौमा राष्ट्रीय युवा संघ नेपालका नेता कार्यकर्ता माथी भएको प्रहरी दमनको बिरुधमा आक्रोसित भएर नाराबाजी गरेको युवा संघ बाराका अध्यक्ष पुरुशोतम साहले बताए। साहले एम सि सि को बिरोध गर्दै त्यसलाई पारित हुन नदिन युवाहरु जाग्नुपर्ने बताए । अमेरिकाको बिस्तारबादी नितिको बिरोध गरिएन भने भोलि अफ्गानिस्तान जस्तो नेपाल बन्न बेर नलाग्ने भन्दै कुनै पनि हालतमा एम सि सि लागू हुन नदिन र आवस्यक परे युवा संघका सबै नेता कार्यकर्ता कडा भनदा कडा आन्दोलन गर्ने बताए । युवा संघले कलैया बजार परिक्रमा गरि भरत चौकमा गएर कोण सभामा परिणत भएको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर