पर्सा । वीरगञ्जमा पहिलो पटक भारतको नीजि क्षेत्रको मालवाहक रेल आइपुगेको छ ।

सिर्सिया सुक्खा बन्दरगाहमा बुधबार पहिलो पटक बिहान भारतीय हिन्द टर्मिनल प्रालिको रेल्वे ¥याक बन्दरगाहमा प्रवेश गरेको हो । सोमबार हल्दिया बन्दरगाहबाट छुटेको रेल ९० वटा कन्टेनर खाद्य सामग्री लिएर वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाह आइपुगेको सुख्खा बन्दरगाह सञ्चालक संस्था नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

सन् २०२१ को जुलाईमा नेपाल र भारत सरकारबीच भएको पारवहन सम्झौताअनुसार भारतीय नीजि रेल कम्पनीले नेपालमा ढुवानी सुरु गरेको हो । सम्झौता भएको करिब दुई महिनापछि नीजि कम्पनीले सञ्चालन गरेको रेल नेपालमा सामान ढुवानी गर्न आइपुगेको हो ।

भारत सरकारसँगको सम्झौतापछि नीजि क्षेत्रले नेपालमा सामान ढुवानी गर्न बाटो खुलेको थियो । बुधबार पहिलो पटक आएको रेल अब भारत सरकारको विगत १७ वर्षदेखिको एकाधिकार तोडिनुका साथै अन्य नीजि कम्पनीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर