पर्सा । वीरगञ्जको माइस्थानस्थित केपी स्वर्ण कला केन्द्रमा पर्सा प्रहरीले छापामारी गरेको छ । हुण्डी कारोवार भइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको क्राइम शाखाका प्रहरी नायब निरीक्षक विनोद कुमार सिँहको नेतृत्वमा खटिएको टोलीले केन्द्रमा छापामारी गरेको हो ।

छापामारीको क्रममा लगभग ५० लाखको हाराहारीमा नगद बरामद गर्नुका साथै केन्द्रका सञ्चालक कन्हैया साह सोनारलाई नियन्त्रणमा लिएको छ । यसअघि पनि प्रहरीले सोही पसलमा छापामारी गरेर स्रोत नखुलेको ४१ लाख ९२ हजार नगद र २ किलो ९ सय ग्राम चाँदीसहित ८ जनालाई पक्राउ गरेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर