
कलैया । बारामा एक वडा अध्यक्ष को किर्ते हस्ताक्षर भएको पाइएको छ ।कलैया उपमहानगरपालिका वडा नम्बर २१ का वडा अध्यक्ष पुनदेव रौनियार को किर्ते हस्ताक्षर गरिएको पाइएको हो । वडा अध्यक्ष रौनियार को किर्ते हस्ताक्षर गरि जग्गा बैंक मा राखी पैसा निकासा भएको खबर प्राप्त भएको छ ।
उक्त वडा को साविक दोहोरी -८ र हाल भोडहा मा पर्ने उक्त जगा बैंक मा राखि पैसा निकासा भएको खबर प्राप्त भएको छ । अध्यक्ष रौनियारले यस्ता खालका धेरै भु माफियाहरुले कानुनी राज्यको धज्जी उडाउदै आफ्नो दुनो सोझ्याउने काम गर्ने गरेकोले यस्तालाई छोड्न नहुने बताए । रौनियारले यस्ता किर्ते हस्ताक्षर गरेर अर्बौको जग्गा यता उता गर्ने देखि नागरिकता सिफारिसमा समेत हुन सक्ने कुरालाई नजर अन्दाज गर्न नहुने संबंधित निकायलाई सचेत हुन सुझाए ।
नियम अनुसार बैंक मा कुनै पनि जग्गा राख्दा सम्बन्धित वडा कार्यालयको वडा अध्यक्षको हस्ताक्षर भएको चार किल्ला प्रमाणित र घर बाटो सिफारिस चाहिन्छ । तर उक्त जग्गा धनी रवि आमात्य नाम गरेका ब्यक्तिले वडा अध्यक्ष रौनियारको किर्ते हस्ताक्षर गरि आफै प्रमाणित गरेको वडा अध्यक्ष रौनियारले बताउनु भयो ।
आमात्यले रिलायन्स फाइनेन्स बैंक बाट ऋण पैसा निकासा गरेको खुलेको छ ।यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाही संग प्रतिक्रिया लिदा उनले हटलाईन राष्ट्रिय दैनिक संग कुरा गर्दै बाराको हालको महत्वपूर्ण घटनाहरुमा समय दिनुपरेकोले यो बिषयमा समय दिन नसकिएको तर चाडै किर्ते गर्ने लाई पक्राउ गरि कानुनको दायरामा ल्याउने बताउनु भयो ।
यता बैंकमा सम्पर्क गर्दा बैंकले यो बारेमा फोनमा कुरा गर्न नमिल्ने बताउदै काठमाडौ अफिसमा नै आएर कुरा गर्न बताए । बैंकका प्रमुखको नम्बर माग्दा समेत दिन नमिल्ने बताएपछि बैंक कर्मचारी को मिलोमतोमा नै गरिएको त हैन भन्ने प्रश्नमा बैंकले यो गलत कुरा भन्दै फोन काटिदिए ।