कलैया । नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी ) बारा जिल्ला कमिटीको बिहीवार घोषणा भएको छ ।

कलैयामा बिहीवार भएको जिल्ला भेलाले सुन्दर विश्वकर्माको अध्यक्षतामा २५१ सदस्यीय जिल्ला कमिटीको घोषणा गरेको हो । प्रदेश २ का सांसद समेत रहेका बिश्वकर्मा यसअघि एमालेका जिल्ला अध्यक्ष हुन् । एकीकृत समाजवादी बारा जिल्ला कमिटीको उपाध्यक्षमा उसमान अंसरी र बिजेन्द्र चौधरी, सचिवमा विक्रम ठाकुर र उपसचिवमा राजेन्द्र प्रसाद कलवार रहेका छन् ।

जिल्ला कमिटीको सदस्यमा बतहु यादव, ध्रुव यादव, कृष्ण खनाल, रमेश सुबेदी, सुभाष साह, बलिराम ठाकुर, गौरी ढकाल, शुभनारायण साह, राजेश पटेल, गणेश रिजाल, मनोज गुप्ता लगायतका रहेका छन् । कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य एवं प्रमुख अतिथि समेत रहेका नागेन्द्र चौधरीले समाजवादी आन्दोलनका लागि एकीकृत समाजवादी पार्टीमा आवद्ध हुन आह्वान गरेका छन् ।

एमाले अध्यक्ष केपी ओलीको दम्भ, घमण्ड एवं तानाशाही शैलीका कारण कम्यूनिष्ट आन्दोलनले ठूँलो नोक्सानी भएको बताउँदै नेता चौधरीले कम्यूनिष्ट आन्दोलनको संरक्षण तथा जोगाउनका लागि एकजुट भएर आगाडि बढ्न निर्देशन दिए ।
यसैगरी अर्का केन्द्रीय सदस्य एंव विशिष्ट अतिथि दिनेश राईले ओलीको व्याक्तिवादी चरित्रले पार्टीलाई एउटा कम्पनीको रूपमा एमाले अगाडि बढ्न खोजेपछि बिद्रोह गर्नु परेको बताए । झन्डै दुई तिहाईको ओली सरकारले जनताको पक्षमा काम नगरी मनोमानि रूपमा अगाडि बढ्दा कम्यूनिष्ट पार्टीले नोक्सानी ब्यहोर्नु परेको बताए ।

उक्त कार्यक्रममा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य बिभा कार्की, प्रदेश सांसद सीता गुरुङ, प्रदेश २ कमिटीका सदस्य छ्ठु यादव, श्रीप्रसाद पासवान, बिक्रम राम, सुरेन्द्र यादव, छबिलाल उप्रेती, अनेम संघका केन्द्रिय सदस्य चमिना भट्टराई लगायतको उपस्थिति रहेको थियोे ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर