
साजिर मन्सूर
कलैया,असोज ५
कलैया उपमहानगरपालिकाले भर्खरै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाललाई स्वागत तथा सम्मान गरेको हो । उपमहानगरको सभाहलमा आयोजित सम्मान एवम स्वागत कार्यक्रममा बोल्दै कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादबले बारामा सिडिओ भएर आउनुभएका कटुवालले बाराको शान्ती सुरक्षा सङ्गै बिकास निर्माणमा देखिएका अवरोधहरुलाई समेत ध्यानाकर्षण गरि समग्र जिल्लाको बिकासमा महत्वपुर्ण योगदान दिन सुझाए । बारा अत्यन्तै सहज र सरल किसिमको जिल्ला भएकोले समेत काम गर्न सजिलो हुने बताउदै यादबले खुल्ला सिमा नाका भएतापनी शान्ति सुरक्षामा एकदमै खराब जिल्ला नभएको बताए । यादबले बारा जिल्ला कृषिमुखी जिल्ला भएकोले समेत कृषिप्रधान भनेर मात्र नहुने भन्दै मल खाद मा देखिएको अभावलाई सिडिओ कटुवालले समेत चासोका रुपमा लिन सुझाव दिए । यादबले नागरिकलाई जिल्ला प्रशासन कार्यालय बारामा सेवा प्रवाहमा दिखिएको ढिलासुस्ती र कमिकमजोरी उपर ध्यान दिन बताए । सोही कार्यक्रममा सिडिओ कटुवालले आफुले यहाका जनप्रतिनिधि तथा राजनीतिक दल एवम नागरिक समाजको सल्लाह सुझाव बमोजिम जिल्लालाई सहज रुपमा शान्ती सुरक्षा को आम जनतामा अनुभूति हुने गरि काम गर्ने बताए । कलैया उपमहानगरपालिका प्रती स्वागत र न्यानो सम्मानका लागि धन्यवाद समेत दिए । कार्यक्रममा उप प्रमुख रहिमा खातुन,निमित प्रमुख प्रशासकिय अधिकृत प्रेमचन्द्र जायसवाल,वडा अध्यक्षहरु,समाजसेवी सुरेश मोदक,लेखा प्रमुख दिब्या सरार्फ,प्रशासन साखा प्रमुख हाजी मुस्ताक अन्सारी,प्राबिधिक शाखा प्रमुख ईश्वर प्रसाद यादब,शिक्षा शाखाका बिजय अधिकारी,सुचना प्रबिधी इन्जिनियर सुरेश यादब,शासन बिज्ञ नजबुल्लाह अन्सारी लगायतकाको उपस्थिति रहेको थियो ।
निमित प्रमुख प्रशासकिय अधिकृत प्रेमचन्द्र जायसवालले स्वागत गरेको कार्यक्रमको सन्चालन रामजी मणडलले गरेका थिए ।