कलैया ।प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । झण्डै ७० दिनसम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भनेर आलोचना खेप्दै आएका देउवाले अब भने मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु बीच परराष्ट्रमन्त्री तत्काल नियुक्त गर्ने सहमति भएको हो ।अब कांग्रेस सांसद नारायण खड्का परराष्ट्रमन्त्री बन्ने लगभग पक्का भएको छ ।कांग्रेसको आन्तरिक समीकरणमा थप उथलपुथल नभए खड्काले भोलि पद तथा गोपनीयताको शपथ लिनेछन् ।
अरु मन्त्रालय भागवण्डाबारे छलफल गर्न भोलि फेरि बैठक बस्ने नेताहरुले बताएका छन् ।







