कलैया । बारा मा करेन्ट लागेर एक जना को मृत्यु भएको छ ।

मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका ७ लक्ष्मी टोल बस्ने असगर मियाको छोरा बर्ष ३४ को सर्फुदीन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्र ले बताउनु भयो ।

अन्सारीले आफ्नै बनाउदै गरेको घरमा मोटर बाट पानी हाल्नको लागी मोटर चलाउन लाग्दा करेन्ट लागेर घाइते भएका थिए । उनको उपचारको लागी नारायणी अस्पताल बिरगंज लैजादै गर्दा बाटैमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक मिश्र ले बताउनु भयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर