![](https://bishwasfm.com/wp-content/uploads/2021/09/IMG_20210923_133658.png)
कलैया । मुख्यमन्त्री बेटि पढाउ बेटि बचाउ कार्यक्रम अनतर्गत बाराको सदरमुकाम कलैयामा साईकल वितरण गरिएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर १६ उत्तर झिटकैयामा श्री नेपाल राष्ट्रिय अधारभुत बिधालय का छात्राहरु लाई साइकल बितरण गरिएको हो । विधालय परिसर मै बुधबार एक कार्यक्रम का बीच २८ छात्राहरु लाई साइकल बितरण गरिएको हो ।
हाल बिधालय ब्यवस्थापन समिति नभएकोले पहिले कै ब्यवस्थापन समिति का सदस्य सुक्रराज मण्डल को अध्यक्षता मा भएको कार्यक्रम मा संविधान सभा सदस्य प्रमोद गुप्ता को प्रमुख अतिथिय तथा प्रदेश सभा सदस्य माननी पारस साहको विशिष्ट अतिथिय मा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम मा कलैया उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष शेषनाथ साह , जनता समाजवादी पार्टी प्रदेश २ का उपा अध्यक्ष सुशील यादव , जसपा कलैया का नगर अध्यक्ष शिवनाथ पटेल , समाजवादी युवा संघ जिल्ला अध्यक्ष सुजित पाण्डे , विधालयका प्रधानध्यापक सहदेव महतो सहित विधालय का छात्राहरु , स्थानीय भद्रभलादमी तथा अभिभावक हरुको उपस्थिति रहेको थियो ।