साजिर मन्सूर , कलैया । कलैयामा आधुनिक एवम ब्रान्डेड कपडाको लागि निलाम्बरी स्टाईलिश कलेक्सनको एक कार्यक्रमका बिच समाजसेवी हाजी राजमहमद मन्सूरले रिबन काटेर उदघाटन गरेका छन ।
कलैयाको बैंक रोडमा खुलेको सो कलेक्सनले राम्रो ब्यापार गर्ने बिश्वास ब्यक्त गरिएको छ । हाजी मन्सूरले कलैयामा यस्तो पसलको उदघाटनले युवा जमात तथा महिलाहरुको चाहना अनुसारको कपडा लिन समय खर्चेर महङ्गो कपडा किन्न बाहिर जान नपर्ने बताए ।
मन्सूरले स्थानिय सरकारले समेत युवाहरुको बिकासका लागि र रोजगारी सृजना गर्नमा आवस्यक सहयोग गर्न सुझाव दिए । अन्तरास्ट्रिय कबड्डी खेलाडी फुलमहद मन्सूरले सन्चालन गरेको कलेक्सनमा आधुनिक किसिमको ब्राण्डेड कपडाहरु न्युनतम मुल्यमा उपलब्ध हुने जनाईएको छ ।