
कलैया उपमहानगरपालिका वडा नम्बर २६ सिस्वामहेश्पुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिवार एक कार्यक्रम का बीच
सिस्वामहेश्पुरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो । उक्त रक्तदान कार्यक्रम मा ३ महिला सहित ४४ जना ले रक्तदान गरेका थिए । कलैया उपमहानगरपालिकाको सहयोग तथा क्रियटिभ युवा कल्बको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो । क्रियटिभ युवा कल्बका अध्यक्ष सुरेश प्रसाद यादव को सभापति मा भएको कार्यक्रममा प्रमुख अतिथि कलैया उपमहानगरपालिका का नगर प्रमुख राजेश राय यादव को रहेको थियो ।
कार्यक्रम मा बारा का प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल , कलैया उपमहानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष महेश साह , जिल्ला प्रहरी कार्यालय बारा का प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाही , सशस्त्र प्रहरी बल १२ नम्बर गणका गुल्मपती रोबिन कर्णजित ,नेपाली सेनाका गणपति , साना किसान मनहर्वाका मुख्य प्रबन्धक पुष्पराज खतिवडा सहित विभिन्न सन्चारगृह का सन्चारकर्मी र स्थानीयहरु को उपस्थिति रहेको थियो ।