कलैया । बारामा लागुऔषध सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कलैया उप-महानगरपालिका वडा नम्बर २७ मा रहेको नेपाल राष्ट्रिय प्राथमिक बिधालय माैजेरामपुरमा लागुऔषध सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । उक्त बिधालय को प्राङ्गणमा लुमन्ति आवासकाे लागि सहयोग समुहको सहयाेग तथा शहरी गरिबी निवारण मंचकाे आयोजनामा लागु औषध सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा शहरी गरिबी निवारण मंचका अध्यक्ष रविन्द्र प्रसाद साह, ब्रह्मबाबा उपभाेक्ता समितिका अध्यक्ष निर्मला देवी, लदवरा माइ महिला बचत समुहकी अध्यक्ष सबिता देवी लगायत माैजे रामपुरका महिला समुहका महिलाहरु, युवाहरु, बालबालिकाहरु तथा स्थानीय भद्रभलादमीहरुकाे उपस्थित रहेको थियो ।
उक्त सामुदायका ७ जना बालबालिकाहरुले पुर्ण रुपले लागु पदार्थ सेवन गर्दै आई रहेको अवस्था छ तर यस कार्यक्रम पश्चात साे बालबालिकाहरु लागु पदार्थ सेवन नगर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।