कलैया । भोजपुरी भाषा जोगाउन सबै पालिकाले सहयोग गर्नुपर्नेमासहभागिहरुले जोड दिएका छन ।
भोजपुरी भाषाको संरक्षणको लागि नेपाल भोजपुरी प्रतिष्ठान बाराको बैठकमा यस्तो जोड दिइएको छ । गोपाल सेवा समिति बाराको प्राङ्गणमा बसेको बैठकले भोजपुरी भाषा माथी बढ्दै गएको प्रहार लाई रोक्दै भाषा संरक्षण सम्बर्द्धन तथा बिकासका लागि सबै स्थानिय सरकारले जोड दिनुपर्ने नेपाल प्रेस युनियन बाराका सचिव तथा अस्लिलता मुक्त समाज निर्माण अभियान बाराका सम्योजक साजिर मन्सूरले बताएका छन ।

मन्सूरले बारामा विभिन्न समयमा बज्ने अस्लिल गित र डिजे बन्द गराउन केही सफल भए पनि सबै जनताको सहयोग र प्रहरी प्रशासनको निगरानिले मात्र सम्भव हुने बताए । बैठकले भोजपुरी भाषा सम्बन्धमा विभिन्न निर्णयहरु समेत गरेको प्रस्तिस्ठान बाराका उपाध्यक्ष जङ्गबहादुर यादबले बताए । यादबले स्थानीय, प्रदेश र केन्द्रीय तिनै तहबाट उपेक्षित गरिएको भोजपुरी भाषाको संरक्षण तथा संवर्धन गर्न तथा जनगणना २०७८ मा भोजपुरी भाषाभाषीको सहि तथ्याङ्क दिनको लागि पहल गर्न समेत संबंधित निकायलाई आग्रह गर्ने जस्ता निर्णय गरिएक बताएका छन ।

सो बैठक प्रतिष्ठान बाराको अध्यक्ष रामप्रसाद साहको अध्यक्षतामा बसेको थियो। सो बैठकले बारामा बृहत भोजपुरी साहित्यिक गोष्ठी सम्पन्न गर्ने, जिल्ला भरीकै हरेक विद्यालयमा प्राथमिक तहसम्म अनिवार्य भोजपुरी पाठ्यपुस्तक लागु गरी एक विद्यालय एक भोजपुरी शिक्षक नियुक्ति गराउनको लागि सम्बन्धित पालिकाहरुमा पहल गरिने तथा भोजपुरी भाषामा देखिएको अस्लिलता न्युनिकरणको लागि सम्बन्धित सबै निकायको ध्यानार्कषण गराउनको लागि ग्यापन पत्र बुझाउने लगायतको निर्णयहरु समेत गरिएको शिक्षक तथा भाषा अभियन्ता रमेश कुश्वाहाले जानकारी गराएका छन ।

सो बैठकमा प्रतिष्ठान बाराका सदस्यहरू रघुनाथ यादव , आमन्त्रित धनिलाल साह, अरुण ओझा, महन्थ ठाकुर, रामनाथ यादव, सञ्चारकर्मीहरु अनिल कुमार गौरव, रबिन्द्र प्रसाद साह लगायतको सहभागिता रहेको थियो।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर