कलैया । प्रधानमन्त्री रोजगार कार्यक्रम मा बेरोजगारका रुपमा सूचीकरण भैइ बृछारोपण कार्यक्रममा खटेका ४५ बर्षिय दिनेश महतोको ज्यान गएको छ । गएको बुधबार हुलाकी राजमार्ग मा महाढिमाई नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत आव २०७७/०७८ मै गराएको बृछारोपण कार्यक्रम पछि बिरुवाहरुको गोडमेल तथा रेखदेख गर्न महतोलाई दैनिक ज्यालामा राखिएको थियो ।

कार्यक्रम सकेपछी नगरपालिकाले महतोलाई कमजोर आर्थिक अवस्थाका कारण दैनिक ज्यालामा निरन्तर बिरुवाहरुलाइ रेखदेख तथा गोडमेलका लागि राखेको नगर प्रमुख उपेन्द्र प्रसाद यादवले बताउनु भयो । यादवले महतो जस्तो ईमान्दार तथा कर्तब्य निस्ट ब्यक्ति को दु:खद निधनले आफू मर्माहित बनेको बताउदै महतोको काज किरिया गर्न नगरले ब्यवस्थापन गर्ने तथा बोर्डको बैठक राखेर थप केही सहयोग गर्ने जानकारी गराए । बिहान ६ बजे देखि ११ बजे सम्म र दिउसो २ बजे देखि साझ ६ बजे सम्म महतोले बिरुवाहरु रेखदेख गर्दै आएका थिए ।

महतोको लगनशीलताले प्रदेश २ मै महागढिमाई नगरपालिकाले गरेको सो बृछारोपण सप्रेर उदाहरण बनेको मेयर यादबले बताए । काम गरिरहेकै बेला महतो अचानक लडेर खसेको देखेर वहालाई उपचारका लागि नेशनल मेडिकल कलेज बिरगंज उपचार का लागि लगिएको थियो । आज बिहान वहाको उपचारकै क्रममा ज्यान गएको हो । महतोको २ छोरी र ३ छोरा गरि ५ जना सन्तान रहेको स्थानिय गोबिन्द कुमार ले बताए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर