कलैया । बारा मा ८३ किलो गाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्ने मा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ टाँगिया बस्ती निवासी रुक बहादुर रुम्बा रहेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनु भयो ।

पूर्व–पश्चिम राजमार्गबाट बाराको काठघाट जाने सडकखण्डमा गाँजा बोकी आइरहेका तस्करहरुको समूहले प्रहरीलाई देख्नासाथ पिठ्यूँमा बोकेको गाँजा छाडेर भग्ने क्रममा ऊनीहरु मध्ये रुम्बा पक्राउ परेको तथा अन्य तस्करहरु भने फरार भएको प्रहरी नायब उपरीक्षक मिश्रले बताउनु भयो ।

तस्करहरुले फालेको ४ वटा बोरामा रहेको ८३ किलो गाँजा सहित बा ३७ प ९६८१ नम्बरको एक थान मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको हो । फरार भएकाहरुको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक मिश्रले बताउनु भयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर