
साजिर मन्सूर , कलैया । देवताल गाउपालिकाको वडा नम्बर ५ धुरहामा आधारभुत स्वास्थ्य सेवा केन्द्र भवनको गाउपालिका अध्यक्ष चन्दन सिंहले उदघाटन गरेका छन । प्रमुख अतिथि सिंहले सो वडा सहित छिमेकी गाउका जनतालाई स्वास्थ्य सेवा लिन असहज भएको गुनासो आएपछि सो सेवा केन्द्रको निर्माण गरिएको बताए ।
सिंहले जनतालाई शिक्षा स्वास्थ्य जस्ता आधारभुत सेवा सबैको पहुचमा पुगाउने गरि नीति लिएको बताएका छन । उक्त अवसरमा गाउँपालिका उपाअध्यक्ष,वडा अध्यक्षहरु,प्रमुख प्रशासकिय अधिकृत,योजना प्रमुख,लेखा प्रमुख,शिक्षा प्रमुख,स्वास्थ्य प्रमुख,पार्टी प्रतिनिधिहरु, शिक्षक,पत्रकार, बुद्धिजिबी,समाजसेवी लगायतकाको सहभागिता रहेको थियो ।
आधारभूत स्वास्थ्य चौकी निर्माणमा रु.१९ लाख ५२ हजार लागत लागेको गाउपालिकाले जनाएको छ ।