
कलैया । बारा मा पौडी खेल्ने क्रममा एक जना को मृत्यु भएको छ । जिल्ला को जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ डुमरबाना नजिकै बेंगे खोलामा सिचाईको लागि बनाईएको ड्याममा पौडी खेल्ने क्रममा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्र ले बताउनु भयो ।
मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ वर्ष ४३ को भगवान काजी कार्की रहेका छन् । उनको पौडी खेल्ने क्रममा मंगलवार पौने १२ मा मृत्यु भएको प्रहरी नायब उपरीक्षक मिश्र ले बताउनु भयो । सो स्थानमा यसअघि समेत मानिसको ज्यान गएको छ । पौडी खेल्ने क्रममा मानिसको मृत्यु भए पछि त्यस स्थानमा पौडी खेल्न लामो समय रोक लगाईको थियो । पछिल्लो समय एकाएक पौडि खेल्न फेरि सुरु गरिएको छ ।