कलैया । कलैया उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव नाथु साह आउने भएका छन् । यस भन्दा अघि उनी सप्तरीको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा रहेका थिए । गृहमन्त्रालयको मागअनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार ४४ उपसचिवको सरुवा गरेको हो । तत्कालिन कलैया नगरपालिकाको कार्यकारी अधिकृत भएर काम गरेका साह कलैया बासिको मनमा बस्न सफल भएका थिए । साहलाई बिकासको पर्यायी पनि भन्न थालेका कलैया बासी उनी फेरि कलैया आउन लागेको खबर सुनेर खुशी भएका छन । साहले आफुले गृह जिल्लाको सदरमुकाममा काम गर्न पाउनु आफैमा खुशिको कुरा भएको र जनप्रतिनिधि तथा जनताको बिकासका काम गरेर आफू माथिको बिश्वास लाई टुट्न नदिने हटलाईन राष्ट्रिय दैनिक संग कुरा गर्दै बताएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर