साजिर मन्सूर , कलैया । देवताल गाउपालिकाले बारा जिल्लाको सदरमुकाम कलैया सङ्ग जोड्ने गरि १२७ मिटरको लामो झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको छ । गाउपालिका को वडा नम्बर ६ रौवाही र कलैया उपमहानगरपालिका १४ भौरा गाउको बिचमा पर्ने पसाहा खोलामा ५१ लाखको लागतमा सो लामो पुल निर्माण गरिएको गाउँपालिका अध्यक्ष चन्दन कुमार सिंहले जानकारी गराए ।

पुल बने सङ्गै पत्रहट्टी भएर पदम सडक पुग्ने गरेको ले करिब ५ किलोमीटर को दुरि पार गर्नुपर्ने बाध्यता रहेकोमा पुल निर्माण भए सङ्गै गाउपालिका को जनतालाई करिब ५ किमि को दुरि कम भएपछी सहज भएको अध्यक्ष सिंहले बताए । जनताको हरेक सुख दुखमा साथ दिने मेरो प्रथम काम भएकोले सो का लागि आफू लागिपरेको बताए । सिंहले पुल निर्माणका लागि खट्ने सम्पुर्णलाई धन्यवाद दिदै निर्माण भैइसकेको झोलुङ्गे पुल लाई सुरक्षित र अपनत्व ग्रहण गर्दै प्रयोग गर्न जनता सङ्ग आग्रह गरे ।

पुल निर्माण भए सङ्गै आफुहरु अत्यन्तै खुशी भएको देवतालका स्थानिय समाजसेवी अबास अन्सारीले बताए । झोलुङ्गे पुल बनेपछी देवतालबाट दैनिक कलैया बजार आउ जाउ गर्ने किसान,बिद्यार्थी,कर्मचारी,दैनिक ज्यालादारी गर्ने आम सर्वसाधारणलाई अत्यन्तै सजिलो भएको राजबली प्रसादले बताए ।
तत्कालिन जिबिस बारा र देवताल गाउपालिका को ५१ लाख को लागतमा ट्रेल बृज सपोर्ट युनिट तथा गाउपालिकाको सन्युक्त लगानिमा सो झोलुङ्गे पुल निर्माण भएको प्रमुख प्रशासकिय अधिकृत सिकिन्द्र साहले जानकारी गराए । आव २०६८/०६९ मा शिलान्यास गरिएको भएपनी तत्कालिन ठेकेदारको टाट पल्टेको कारण आवस्यक सामग्री आपूर्ति नहुदा यो पुल निर्माणमा ढिलाई भएको गाउपालिकाका प्राबिधिक शाखा प्रमुख ओलिक महमदले बताए ।

उक्त अवसरमा गाउपालिकाका उपाध्यक्ष रामपती देबि,प्रमुख प्रशासकिय अधिकृत सिकिन्द्र साह,वडा नम्बर ६ का अध्यक्ष रामपुजन पण्डित,१ का अध्यक्ष पन्नालाल साह,२ का रमेश यादब,३ का अमर प्रसाद नेपाली,४ का मिश्रिलाल प्रसाद सहनी,५ का लखिन्द्र प्रसाद यादब,प्राबिधिक शाखा प्रमुख ओकिल महमद,योजना शाखा प्रमुख नासु अभिनन्दन कुमार गुप्ता,सुचना प्रबिधी अधिकृत मुकेश यादब,स्थानिय समाजसेवी जवाहिर अन्सारी,सुदर्शन पण्डित,प्रसाद महतो,पुल उपभोक्ता निर्माण समितीका अध्यक्ष रामप्रवेश यादब,सचिव सन्जय पटेल सहित गाउपालिका बासिको उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर