
कालैया । बारा मा पानीमा डुबेर २ वर्षीय बालिका को मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर २० बसतपुर बस्ने मैनोदिन मियाको छोरी बर्ष २ की आयश खातुन रहेको जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्र ले बताउनु भयो ।
आफ्नै घरमा बाल्टिनमा राखेको पानीमा डुबि रहेको अवस्थामा बालीकाको आमा ले देखि उपचारको लागि ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक मिश्र ले बताउनु भयो । उनको शव पोष्ट मार्टमको लागी जिल्ला अस्पताल कलैया मा रहेको छ ।