कलैया ।महागढीमाई नगरपालिकाले बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गतको साइकल वितरण गरेको छ ।
महागढीमाई नगरपालिका वडा नम्बर ३ मा रहेको भोला मा .बि बिधालय र वडा नम्बर ६ बबुआईनमामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा मंगलवार एक कार्यक्रमकाबीच साइकल बितरण गरिएको हो ।
उक्त दुबै बिधालयमा अध्यनरत कक्षा ९ का सम्पुर्ण छात्राहरुलाई साईकल बितरण गरिएको नगर प्रमुख उपेन्द्र प्रसाद यादवले बताउनु भयो । वडा नम्बर ३ मा रहेको बिधालय का १०९ जना छात्रा र वडा नम्बर ६ मा रहेको बिधालय का ६६ जना छात्रालाई साइकल बितरण गरिएको हो । नगर प्रमुख यादवले अगामी दिनमा पनि साइकल कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
उक्त साइकल बितरण कार्यक्रममा महागढीमाई नगरपालिकाका सल्लाहकार भैयाराम यादव, वडा नम्बर ३ का वडा अध्यक्ष उपेन्द्र जयसवाल, वडा न ६ का वडा अध्यक्ष रामजी चौरसीया वडा ७ का वडा अध्यक्ष रामजनम यादव ,बिधालयका प्रधानध्यापक , शिक्षकहरु , प्रहरी , बिद्यार्थी र कर्मचारी सहित बिद्यार्थीहरु उपस्थिति रहेको थियो ।