कलैया । महागढीमाई नगरपालिका का नगर प्रमुख उपेन्द्र प्रसाद यादव आफै बजार अनुगमन मा निस्किएका छन् । चाडपर्व नजिकिए संगै दैनिक उपभोग्य खाद्यान्नको मूल्यवृद्धि भएपछि उनी आफैँ बजार अनुगमनमा निस्किएका हुन् । नगर प्रमुख यादव सहित को टोलि ले बरियारपुर बजारको अनुगमन तथा सरसफाई गरेको थियो ।
बजार अनुगमन को क्रममा नगर प्रमुख यादव ले ब्यव्सायीहरु लाई दैनिक उपभोग्य समाग्री तथा फलफूलको मुल्यसुची टासँ गरी मात्र बिक्री वितरण गर्न निर्देशन दिनुभएको हो ।
साथै उनले सरसफाई लाई निरन्तरता दिनु पर्ने जोडदिनु भएको हो । उमले आफु नजिक रहेको फोहोरमैलालाई आफैले ब्यवस्थापन गरे मात्र नगर सफा हुने बताउनु भयो । उक्त कार्यक्रममा नगरपालिका का कर्मचारी , सशस्त्र प्रहरी, जनपत प्रहरी , नगर प्रहरी सहित स्थानीय को उपस्थिति रहेकोे थियो ।