साजिर मन्सूर , कलैया । महागढिमाई नगरपालिकालाई शिक्षाको हब बनाउने महागढिमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादबले बताएका छन । लोक सेवा आयोग,शिक्षक सेवा आयोगको तयारी कक्षा समुदघाटन कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नगर प्रमुख यादबले यस्तो बताएका छन ।

यादबले यश भेगका प्राय सबै जसो बिद्यार्थी उच्च शिक्षाका लागि अन्य प्रदेश,जिल्ला,शहरमा जानुपर्ने बाध्यात्मक अवस्थालाई अन्त्य गर्न मैले यो नगरलाईनै शैक्षिक हबको रुपमा बिकसित गर्दै लाने गरि योजना बनाएर सो उदेश्य प्राप्तिका निमित लागिपरेको बताएका छन ।

हाम्रो नगरका जेहेन्दार बिद्यार्थीहरुलाई सरकारी जागिर खान सजिलो होस भनेर सो मा सहयोग गर्ने उदेश्यले विभिन्न खालका लोक सेवा आयोग र शिक्षक सेवा आयोगको तयारी कक्षा सन्चालन गर्न लागेको मेयर यादबले बताए । मेयर यादबले शिक्षा भित्र आफुले कुनै पनि प्रकारको राजनैतिक हस्तक्षेप नसहने बताउदै कुनै प्रकारको राजनितीक हस्तक्षेप भए आफुलाई डाईरेक्ट भन्न बताए ।

आफू सङ्ग बारम्बार नगरका न्यून आय भएका अभिभावकले यस्तो कार्यक्रम ल्याएर आ आफ्नो बच्चाको भबिस्यलाई उज्यालो तर्फ लग्न आग्रह र सल्लाह सुझाव दिदा आफुले त्यसलाई सम्बोधन गरेको नगर प्रमुख यादब ले जनाए । यादबले नगरपालिकाले संचालन गरेको निशुल्क तयारी कक्षालाई उपलब्धी मुलक रुपमा बनाउन सबै बिद्यार्थी तथा शिक्षक प्रशिक्षक लाई निर्देशन दिएका छन । यादबले निशुल्क रुपमा सन्चालन गरिने तयारी कक्षालाई प्राय गरि ख्याल ठट्टामा उडाउने गरेकोले यो कार्यक्रमलाई त्यसरी नलिन समेत निर्देशन गरे ।

महागढिमाई फाउन्डेसन नेपाल र लायन्स क्लब अफ महागगढिमाईको संयुक्त आयोजना तथा महागढिमाई नगरपालिकाको आर्थिक सहयोगमा उक्त तयारी कक्षा शुरु हुन लागेको आयोजक संस्थाका सचिव तथा कार्यक्रमका सभापती जियालाल प्रसाद कुश्वाहले जनाए । सोही अवसरमा महान्न्पर्व दशै दिपावली तथा छठको सुभकामना आदानप्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा प्रदोश सिंह,जगदिश कुश्वाहा,महेन्द्र साह,असर्फी साह,राजेन्द्र साह,अजय सिंह,बसुन्दरा गैरे,नेजाबुल अन्सारी,मनोज चौरसिया,ओमनारायण चौरसिया,जयराम कुश्वाहा,सन्तोश कुश्वाहा,उपेन्द्र कुश्वाहा,सुनिल कुश्वाहा,बुद्धिजीवी शिक्षाप्रेमी,अभिभावक,नगरबासी सहितकाको उपस्तिथि रहेको थियो ।

ज्ञानप्रकाश रौनियारले सन्चालन गरेको कार्यक्रममा स्वागत लायन्स क्लब महागढिमाईका अध्यक्ष ओमनारायण चौरसियाले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर