कलैया । प्रसौनी गाउँपालिका को २१ ठाउँमा सिसि क्यामेरा जडान गरिएको छ ।
प्रसौनी गाउँपालिका बाट संचालित हुने सिसि क्यामेरा को गाउँपालिका अध्यक्ष भोला प्रसाद गुप्ता र जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले सन्युक्त रूपमा शुक्रवार एक कार्यक्रम का बीच उद्घाटन गर्नु भएको हो । उक्त सिसि क्यामेरा प्रसौनी गाउँपालिकाको सहयोग र ईलाका प्रहरी कार्यालय प्रसौनी को आयोजनामा उक्त सिसि क्यामेरा जडान भएको छ।
प्रसौनी चौकमा ६, गणडक चौक ३, भलुहि चौक १, बेङ्गासाह माध्यमिक बिधालयमा २ ,गाँउपालिका कार्यालय नजिक २ , पतन्जली कम्पनी अगाडी १ प्रसौनी चौक देखि दक्षिण तर्फ २ , गाउँपालिका अध्यक्ष भोला गुप्ताको घर नजिक २, प्रसौनी बजार एरिया नजिक २ वटा जडान गरिएको प्रसौनी गाउँपालिका ले जनाएको छ ।
उक्त उद्घाटन कार्यक्रम मा बोल्दै प्रहरी नायब उपरीक्षक शाही ले सिसि क्यामेर जडान ले अपराध गर्ने कार्यमा अपराधी लाई कानुन को कठगरामा पुगाउन र प्रहरी लाई अनुसन्धान मा सरल र सजिलो हुने बताउनु भयो ।
ईलाका कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक बिन्देश्वर यादवको अध्यक्षतामा भएको कार्यक्रम मा प्रमुख अथिती गाउँपालिका अध्यक्ष भोला प्रसाद गुप्ता , विशिष्ट अथिति जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख दिपेन्द्र साही गाउँपालिका उपाध्यक्ष गिता साहको रहेकोे थियो । उक्त कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष बृजकिशो कुशवाहा, नेपाल तरुण दल बारा का अध्यक्ष लुकेश सिंह सहित गाउँपालिका को कर्मचारी , स्थानीय र सन्चारकर्मी को उपस्थिति रहेको थियो ।