कलैया । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल गठन गर्न अन्तिम रुप दिएका छन् । उनले मन्त्रीहरुको नाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गरेको बुझिएको छ । उनीहरुको आजै नाम प्रकाशित भई सपथ हुने बुझिएको छ । यसैबीच बारा जिल्ला बाट दुई जना सांसदले मन्त्री पद पाउने भएका छन् । बारा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य उमाकान्त चौधरी खानेपानी मन्त्री मा नियुक्त भएका छन् । चौधरी नेपाली काङ्ग्रेस का नेता हुन । त्यस्तै बारा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामसहाय यादव वन तथा वातावरण मन्त्री नियुक्त भएका छन् । उनी जनता समाजवादी पार्टी बाट प्रतिनिध्व गर्दै सरकारमा गएका हुन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर