निजगढ ।
नेपाली कांग्रेस निजगढका सचिव आशिष तामाङले विपन्न परिवारलाई कपडा वितरण गर्नुभएकोछ । तामाङले आईतबार वडा नम्बर ९ स्थित गणेश नगर टोलमा आर्थिक रुपमा विपन्नहरुलाई कपडा वितरण गर्नुभएकोहो ।
बिजया दशमीको अवशरमा विपन्न परिवारका नागरिकहरुलाई नया कपडा वितरण गरेको तामाङले बताउनुभयो । वडा नम्बर ९ का ३० घर परिवारलाई पाईन्ट,टिसर्ट,टोपी,लगायत अन्य विभिन्न कपडाहरु वितरण गरेको तामाङले जनाउनुभयो । टोल बिकास सस्थाको समन्वयमा सो टोलका आर्थिक अवस्था कमजोर भएका घरपरिवार छनोट गरी दशैकोलागी कपडा वितरण गरिएको टोल बिकास संस्थाका सचिव साजन लामाले बताउनुभयो ।
दशैकोलागी कपडा पाएपछि खुशी व्यक्त गर्दै स्थानीयले राहत महशुश गरेको जनाएकाथिए ।