काठमाडौँ । दोस्रो ‘एनटिएस कौसी क्विन–२०७८’ को उपाधि ललितपुरकी राधा ढकालले जित्नुभएको छ ।
प्रज्ञान क्रियशन प्रालिद्धारा सञ्चालित हलोखबर डटकमले आयोजना गरेको ‘एनटिएस कौसी क्विन–२०७८’ को ताज ढकालले पहिरिनुभएको हो ।


यहाँ आयोजित समारोहमा उहाँलाई गत सालकी कौसी क्विन भगवती श्रेष्ठले ताज पहि¥याउनुभएको थियो । सो अवसरमा नेपालका लागि इजरायलका राजदूत हनान गोदेर, टाइटल स्पोन्सर एनटिएसका सञ्चालक खोजराज कटुवाल, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्मा, राष्ट्रिय किसान आयोगकी सदस्य जीवन्ती पौडेल, पूर्व कृषि सचिव राजेन्द्र भारीलगायतले पनि उहाँलाई सम्मान गर्नुभएको थियो । ताजसँगै उहाँले रु ५० हजार बराबरको कौसीमा ग्रीन हाउस उपहार पाउनुभएको छ ।

त्यसैगरी ‘फस्ट रनर–अप’ भक्तपुरका विनिता राजभण्डारी, सेकेण्ड रनरअप बनेपाकी विजया मानन्धर हुनुभयो । त्यस्तै पोखराकी सरस्वती अधिकारी थर्ड रनरअप तथा तनहुँ, व्यास नगरपालिकाकी विमला कार्की ‘फोर्थ रनरअप’ बन्नुभयो ।

कार्यक्रममा अप्रतियोगी पुष्प व्यवसायी भक्तपुरकी राधा मताङ्गीलाई पनि ‘फ्लावर क्विन’को उपाधिले सम्मान गरिएको थियो । फस्ट रनरअपले रु २० हजार, सेकेन्ड रनरअपले रु १५ हजार, थर्ड रनरअपले रु १० हजार तथा फोर्थ रनरअपले रु पाँच हजार बराबरको कौसीखेतीका सामग्री पाउनुभएको छ । प्रतियोगितामा देशभरबाट ७५ जनाभन्दा बढीको सहभागिता रहेको थियो । संस्थाका अध्यक्ष मनोज श्रेष्ठले यस्ता खालका क्रियाकलापले सहरी खेती गर्न सबैलाई आकर्षण गर्ने बताउनुभयो । (रासस)

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर