कलैया । कुस्ती खेल तराई मधेशको पहिचान भएको कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादबले बताएका छन । कलैया उपमहानगरपालिका वडा नम्बर १२ को आयोजनमा श्री सपही माई मेलाको अवसरमा आयोजित २ दिने विशाल कुस्ती दङ्गल प्रतियोगिताको उदघाटन गर्दै प्रमुख अतिथि समेत रहेका नगर प्रमुख यादबले यस्तो बताएका छन । यादबले धेरै पहिले देखि तराई मधेसका अधिकान्स युवाहरुले कुस्ति खेलमा आफ्नो दखल प्रमाणित गरेको बताए । कुस्ती खेलबाट बाराका धेरै खेलाडी अन्तरास्ट्रिय स्तरमा नाम कमाउन सफल भएको र जिल्ला तथा देशको नाम उच्च गरेकोले हामिले पनि कुस्ति खेल र खेलाडीको लागि उच्च सम्मान सहित उनीहरुको उचित ब्यवस्थापनमा ध्यान दिनुपर्ने बताए । संघ सरकारले अहिले सम्म खेलाडीहरुको लागि उचित एन बनाउन नसकेको प्रती आफुलाई दुख लागेको बताए । मेयर यादबले समग्र खेल र रास्ट्रीय अन्तरास्ट्रिय स्तरको खेलाडीका लागि राज्यले सेना प्रहरीमा ब्यवस्थापन गर्नुपर्ने बताए । सबै स्थानिय सरकारले समेत खेलाडीहरुलाई नगर प्रहरिमा विशेष स्थान दिएर रोजगारिका लागि बाटो प्रसस्त गर्नुपर्ने र आफुले समेत त्यसका लागि कार्यबिधी बनाउन निर्देशन दिने बताएका छन । खेलाडीहरु आफ्नो जिवनको मुल्यबान तथा उर्जावान समय खेल र देशका लागि खर्चिने तर खेलाडी को उमेर बढ्दै गएसङ्गै सरकारले खेलाडीको बेवास्ता गर्नु अति नै लज्जास्पद भएको बताए ।
खेलाडी सङ्गै आम नागरिकलाई आवस्यक पर्ने हरेक खालका सेवा सुबिधाका निम्ति कलैया सरकार गम्भीर रहेको बताए ।


प्रत्येक बर्ष बिजया दशमिको सप्तमी तिथिका दिन सपही माई मेला र अस्टमी तथा नवमिको अवसरमा कुस्ती प्रतियोगिता को आयोजना गरिदै आएको वडा अध्यक्ष राजेश्वर प्रसाद केशरीले बताए । केशरिले सपही माईको कृपा सदैव नगर बासिमा रहदै आएकोले सबैले तन मन धनले यो मेलाको सफलताका लागि लाग्नुपर्नेमा आग्रह गरे । कुस्ती प्रतियोगितामा नेपाल र भारतको विभिन्न प्रान्तका खेलाडी सहभागी रहेका छन । मेला र विशाल कुस्तिका लागि वडा स्तरिय बजेट बाट ५ लाख बिनियोजन गरिएको वडा अध्यक्ष केशरिले बताए ।
कुस्ती प्रतियोगिता दुई दिन आज भोलि चल्ने मेला आयोजक समितिका नरेश प्रसाद केशरिले बताए । बिजेता हुने कुस्तिका खेलाडीहरुलाई नगद सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
भारतको जम्बुकश्मिर, हरियाणा, मथुरा, गोरखपुर, बनारस,बलिया,जौन्पुर, गाजिपुर,नेपालको बारा,पर्सा, नवलपरासी लगायतका दिग्गज पहलवान आएको अन्तरास्ट्रिय कुस्ती पहलवान मुख्तार अन्सारीले बताए ।
कार्यक्रममा नगर उप प्रमुख रहिमा खातुन,प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल,प्रमुख प्रशासकिय अधिकृत नाथु साह,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,पुर्व मन्त्री कलावती पास्वान,काङ्ग्रेस नेता महागढिमाई नगर कमिटी अध्यक्ष भुलेन्द्र प्रसाद यादब,बारा उद्योग बाणिज्य संघका पुर्व सदस्य तथा लोसपाका युवा नेता शशी केशरी,नेपाली काङ्ग्रेस नगर कमिटी सदस्य दिनेश यादब,पुर्व मुखिया जग साह केशरी,समाजसेवी शिवसम्भु गिरि,मेला समिति सचिव हरिन्द्र प्रसाद यादब,कोषाध्यक्ष लक्ष्मीनिया देबि पास्वान,वडा सचिव आशुतोश पाण्डे लगायत हजारौको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन प्रेस युनियन बाराका सचिव साजिर मन्सूरले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर