साजिर मन्सूर
कलैया,असोज २८

कलैया क्रीकेट क्लबले एतिहासिक रुपमा आफ्नो ४२ औ साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाको मैनबती बालेर कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादबले उदघाटन गरेका थिए । प्रमुख अतिथि यादबले क्लबको लागि सदैव सहयोग गरिरहने बताए ।
क्लबले अपेक्षा अनुसारको बिकास गर्न नसकेको प्रती नेपालका पुर्व रास्ट्रीय कप्तान बिनोद दासले दुख ब्यक्त गरे । दासले आफू पनि यहि क्लबको प्रतिनिधित्व गर्दै देशको नेतृत्व गरेको स्मरण गर्दै कलैया क्रीकेट क्लबले पहिलाको दाजोमा अहिले खेलाडी उत्पादन गर्न नसकेकोमा समिति को पदाधिकारीले ब्यवस्थापन गर्न नसकेको बताए । दासले सबैले आ आफ्नो स्थानबाट ईमान्दार भएर क्लबको बिकासका लागि लाग्नु पर्ने आग्रह गरेका छन ।
साधारणसभाको प्रतिबेदन क्लबका सचिव पन्कज पाण्डेले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिबेदन कोषाध्यक्ष महमद सबिरले प्रस्तुत गरेका थिए ।
रि युनियन प्रतियोगितामा जीवन ज्योति क्लब बिजेता भएको छ भने उप बिजेता भुपेन्द्र कन्ट्रक्सन भएको थियो । बिजेता उप बिजेतालाई प्रमुख अतिथि यादबले ट्रफी हस्तान्तरण गरेका थिए ।
फाईनल खेलको म्यान अफ द म्याच जीवन ज्योती क्रीकेट क्लबका आदिल अन्सारी घोषित भएका छन । प्रतियोगिताका उत्कृष्ट खेलाडी भुपेन्द्र कन्ट्रक्सनका समीर थापा भएका थिए ।
सो अवसरमा कलैया क्रीकेट क्लबको पुर्व खेलाडी द्वय राजु नेपाली र महमद साबिरलाई क्लबका अध्यक्ष तसिरुदिन मन्सूरले नेपाली ढाका टोपी लगाएर ट्रफी सहित सम्मान गरेका थिए ।
उक्त अवसरमा कलैया उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष जलाउदिन मन्सूर,बारा क्रीकेट संघका अध्यक्ष प्रभात चौरसिया,नेपाली काङ्ग्रेस का नेता तेजनारायण साह,एन्फाका केन्द्रिय सह महासचिव महमद समिउल्लाह,कलिया सिटि जेसिजका अध्यक्ष शम्भु गुप्ता,पुर्व अध्यक्ष धनिलाल सरार्फ,बारा क्रीकेट संघका सचिव अनिल चौगाई,पुर्व खेलाडी सुशील सिग्देल लगायतकाको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन क्लबका उपाध्यक्ष युवा नेता सुभाष जयसवालले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर