
साजिर मन्सूर
कलैया,असोज २८
नेपाल सरकारको बन तथा बाताबरण मन्त्री राम सहाय प्रसाद यादवलाई शिक्षकहरु द्वारा कलैयामा भब्य स्वागत गरिएको छ ।
बडा दसै,शुभ दिपावली तथा छठ पर्व २०७८ को अवसरमा शुभकामना सहित माननीय मन्त्री यादवलाई स्वागत तथा सम्मान गरिएको आयोजक सघिय शिक्षक फोरम जिल्ला कार्य समिती बाराको अध्यक्ष पारस प्रसाद जयस्वालले बताए । जयस्वालले पुर्व शिक्षक यादब लाई सरकारमा मन्त्री बनाएकोमा सम्पुर्ण शिक्षकले आफुलाई गौरवान्वित ठानेको बताए ।बन मन्त्री यादब अत्यन्तै ईमान्दार शालिन र बौद्धिक छमताका ब्यक्तित्वका धनी भएको शिक्षक युनियन बाराका पुर्व अध्यक्ष देबेन्द्र गिरिले बताएका छन ।
सम्मान कार्यक्रममा प्रतिनिधि सभा सदस्य रामबाबु कुमार यादव, सम्बिधान सभा सदस्य प्रमोद गुप्ता, सघिय शिक्षक फोरमका प्रदेश अध्यक्ष रबिन्द्र गिरि, रामराजा बहुमुखी क्याम्पका प्रमुख हरिभुषण कुशवाहा, नेता रामकिसोर यादव, नन्दकिसोर दुबे, राधाकृष्ण यादव लगायतकाले शुभकामना दिएका थिए ।
संघिय शिक्षक फोरम बाराको अध्यक्ष जयसवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन शिक्षक रामबहादुर पण्डितले गर्नु भएको थियो ।