साजिर मन्सूर
कलैया,असोज २९

सामन्यतया नेपालमा साधारण ओहदामा समेत पुगेपछी आफ्नो तडकभडक देखाउने प्रवृत्ति आम रहेको बेला नेपाल सरकारका एक महत्वपूर्ण मन्त्रालय सम्हालेका वन तथा बाताबरण मन्त्री राम सहाय यादब भने ठिक उल्टो दिसामा हिडिरहेका छन । मन्त्री यादब नेपालको रास्ट्रीय पर्व बिजया दशमिका दिन आफन्त र नजिकका सङ्ग भेट्नु भन्दा सहिद परिवारलाई सम्झदै हिडेका छन । यादबले सहिद परिवारलाई भेटेर टीका थाप्ने र आशिर्वाद लिने गरिरहेका छन । सहिद परिवारलाई भेटेर वहाहरुको सुख दुख बुझेर आफुले गर्न सक्ने सहयोग गर्न भनेका छन । अन्य मन्त्री जस्तो आफू धनी नभएपनी आफ्नो मन भने सबै भन्दा धनी रहेको यादबले बताएका छन । शहिदहरुका कारण नै देशमा यस्तो परिवर्तन आएको र त्यसैको जगमा आफू मन्त्री भएको बताउदै सहिद परिवारलाई राज्यले बेवास्ता गर्न नसक्ने बताए । कलैया स्थित मधेस आन्दोलनका सहिद हिफाजत मियाको परिवार र बच्चा सङ्ग भलाकुसारी गरेका छन । यस्तै अन्य सहिद परिवारलाई समेत भेट्ने यादबले बताएका छन । यसरी टिकाका दिन समेत सहिद परिवारका लागि दिएको देखेर समाजिक सन्जालमा समेत मन्त्री यादबको सर्वत्र चर्चा भइरहेको छ । मन्त्री यादब सङ्गै प्रतिनिधि सभा सदस्य राम्बाबु कुमार यादब लगायतका नेता समेत सहिद परिवारलाई ब्यवस्थापन गर्न सरकारलाई घचघचाउने बताएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार