
साजिर मन्सूर
कलैया,असोज २९
नव नियुक्त बन तथा बाताबरण मन्त्री रामसहाय प्रसाद यादब लाई जिल्ला समन्वय समिती बाराले स्वागत तथा सम्मान गरेको छ । बाराको निर्वाचन छेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य यादब अत्यन्तै ईमान्दार कुशल एवम परिपक्व राजनितिक बिचारधाराका ब्यक्तितब भएको जिल्ला समन्वय समिती बाराका सभापति नवलकिशोर सिंहले बताए ।कार्यक्रमलाई सम्बोधन गर्दै बन मन्त्री यादबले बिजया दशमिको सुभकामना सङ्गै जिल्लाको बिकासका लागि सरकार सङ्ग बिशेष पहल गर्ने बताएका छन । सिंहको सभापतित्वमा सम्पन्न स्वागत एवम सम्मान कार्यक्रममा प्रतिनिधि सभा सदस्य रामबाबु कुमार यादब,प्रदेश सान्सद पारस साह,बच्चा यादब,पुर्व रास्ट्रीय सभा सदस्य रमेश यादब,जसपाका कलैया नगर अध्यक्ष शिवनाथ पटेल,जसपा युवा नेता मनिश यादब,मन्त्री यादबका स्वकिय सचिव मन्जारुल अन्सारी,जसपा युवा नेता कमलेश मण्डल,सुजित पाण्डे,जसपा अध्यक्ष अजय पटेल,जसपा नेता रामकिशोर यादव,शैलेश यादव,जिसस सदस्य चन्देश्वर यादव,जिसस महिला सदस्य कुन्ती देवि यादव,जसपा नेता एवम सम्बिधान सभा सदस्य,प्रमोद गुप्ता नेपाल परिवार दलका अध्यक्ष रामचन्द्र चौधरी, जसपा नेता प्रकाश चौगाइ,जिससका कर्मचारी अब्दुलहक अन्सारी, बिनोद यादव, जिल्ला समन्वय समिति बाराका सम्पुर्ण सदस्य सहित जसपाका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । जिल्ला समन्वय समिती बाराका उप प्रमुख पवन ब्याहतले स्वागत गरेको कार्यक्रमको सन्चालन नासु राजिव यादबले गरेका थिए ।