साजिर मन्सूर कलैया । गएको असार १८ गते बिहान ८ बजे कलैया उपमहानगरपालिका वडा नम्बर २ औधापुरमा आएर जङ्गली हात्तीले आक्रमण गर्दा ज्यान गुमाएका रामदेव पटेलको परिवारलाई पर्सा राष्ट्रिय निकुञ्जको छती पुर्ती निर्देशिका वमोजिमको रु.१० लाख बराबरको चेक सहयोग आज एक कार्यक्रमका बिच नेपाल सरकारका बन तथा बाताबरण मन्त्री रामसहाय प्रसाद यादबले मृतकको स्वास्निलाई हस्तान्तरण गरेका छन ।
मन्त्री यादब सहितका अन्य सांसद र नेताको रोहबरमा बितरण सो चेक हस्तान्तरण गरिएको हो । मन्त्री यादबले यस्तो दुखद घटना बाट आफुहरु अत्यन्तै दुखित भएको बताउदै सरकारले यस्तो अवस्थामा गर्ने सहयोग गर्न पहल गर्ने बताए ।
वन्य जन्तु बाट हुने छतिको राहत सहयोग निर्देशिका २०६९ पहिलो संसोधन २०७२ बमोजिम गठित राहत विवरण सिफारिस समितिको निर्णय बमोजिम डिभिजन बन कार्यालय बारालाई प्राप्त सो रकम बराबरको चेक माननीय मन्त्री द्वारा बितरण गरिएको डिभिजन बन कार्यालय बाराका प्रमुख मन्जुर अहमदले बताए । नेपाल सरकारले थोरै बहे पनि उपलब्ध गराएको राहतले पीडित परिवारलाई सहयोग मिल्ने जसपा कलैया नगर अध्यक्ष शिवनाथ पटेलले बताए ।
उक्त अवसरमा पिडितका परिवारलाई राहत दिनमा विभिन्न बहानामा डिभिजन बन कार्यालयका लेखा प्रमुखले अत्यन्तै पीडा दिएको पिडित परिवारका मुकेश पटेलले बताए । पटेलले ज्यान गुमाएको परिवारलाई नियम अनुसार पाउने सेवा दिन पनि विभिन्न बहानामा दुख दिएर घुस माग्ने मनसायले लेखा प्रमुखले दुख दिएको दुखेसो पोखेका छन ।
उक्त अवसरमा प्रदेश २ को भौतिक पुर्वाधार राज्य मन्त्री उषा यादब,प्रतिनिधि सभा सदस्य रामबाबु कुमार यादब,प्रदेश सान्सद पारस साह,सम्बिधान सभा सदस्य प्रमोद गुप्ता,जसपा नेता रामकिशोर यादब,जसपा नगर उपाध्यक्ष शैलेश यादब,युवा नेता मनिश यादब,सुजित पान्डे,रमेश साह,सन्जय कुश्वाहा,सहित डिभिजन बन कार्यालयका कर्मचारी तथा स्थानिय भद्रभलादमी सन्चारकर्मी लगायतकाको सहभागिता रहेको थियो ।