
कलैया ।डा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले खानेपानी तथा ढल निकास कार्यालय जनकपुरधामका निमित्त प्रमुखलाई कुटपिट गर्दै नगर घुमाएका छन् ।
कार्यालय पुगेका जनमत कार्यकर्ताले निमित्त प्रमुख जागेश्वर कुशवाहलाई नियन्त्रणमा लिएर लाठी भ्रठ्ठाको सहित जनकपुरधाम उपमहानगरपालिकासम्म उनको कपडा निकालेर पैदल हिँडाएका हुन् ।
उनीहरुले कुशवाहको शरीरमा हिलो छ्याप्नुका साथै सर्टसमेत च्यातेका छन् ।वर्षाको पानी ढल निकास भएर बग्न नसकेको भन्दै जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले गुण्डाशैलीमा निमित्त प्रमुख लाई दुव्र्यबहार गरेका हुन् ।
कार्यालय प्रमुख कुशवाहालाई दुव्र्यबहार गर्ने जनमत पार्टीका १० जना भन्दा बढी कार्यकर्ता प्रहरी नियन्त्रणमा छन् ।जनमत पार्टीका नेता कार्यकर्ताहरुले प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह विरुद्ध चर्को नारावाजी समेत गरेका थिए ।