कलैया ।नेशनल ईन्जिनियर एसोसिएसन बारा ले जनमत पार्टीका अध्यक्ष डा.सिके राउत लाई तत्काल पक्राउ गर्न माग गर्दै बारा का प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल लाई ज्ञापनपत्र बुझाएका छन् ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका सि.डि.ई. राजेश कुशवाहा माथि भएको आपराधिक कुकर्म विरुद्ध एसोसिएसन बारा शाखा ले प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्र बुझाएका हुन् । एसोसिएसन ले दुष्कर्ममा सामेल हुने सबैलाई तत्काल पक्राउ गरी कानूनी कारबाही अघि बढाउन माग गरेका छन् । ज्ञापनपत्र मा , “देशमा कानूनी राज्य हुँदा हुदै कानून तथा वार्ताको माध्यमबाट कुनै समस्याको समाधान खोज्नु पर्नेमा उड़नता र अराजकताको पराकाष्ठा पार गर्दै कानून हातमा लिएर गैर कानूनी , अमानवीय गतिविधि गरी एक राष्ट्र सेवक कर्मचारी माथी गरिएको दुर्व्यवहारपूर्ण घटना कुनै पनि हालतमा क्षम्य हुन नसक्ने र जनमत पार्टीका अध्यक्ष राउत सहित उक्त घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारवाही को माग गर्द छौ ” उल्लेख गरिएको छ ।
सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले बिहीवार जनकपुरमा प्रमुख कुशवाहालाई नियन्त्रणमा लिएर लछारपछार गरेका थिए । उनीहरुले जनकपुर ८ स्थित बलवामा खनिएको ढलको खाल्डो नपुरेको भन्दै कुशवाहालाई कालो मोसो दली साथै उनले लगाएका लुगा च्यात्ती , बास को भाटा लिएर नगर परिक्रमा गरि दुव्र्यवहार गरेका थिए ।