साजिर मन्सूर ,कलैया । बारा सदरमुकाम कलैयामा सस्तो रमाईलो मेला २०७८ को नगर प्रमुख राजेश राय यादबले रिबन काटेर उदघाटन गरेका छन ।

द जिनियस डान्स एकेडेमी कलैयाको आयोजनामा शुरु भएको मेला वडा नम्बर ४ जानकी हल पछाडीको मैदानमा लागेको छ । अदालत टोलको खाली ठाउमा शुरु मेला आज देखि २२ गते सम्म चल्ने आयोजक संस्थाका अध्यक्ष अन्कुश ब्याहुतले जानकारी गराएका छन । ब्याहुतले सो मेलाको लागि सम्बन्धित निकायबाट आवस्यक सहयोग मिलिरहेको बताएका छन । अहिले पनि मेलाका लागि स्टलहरु धमाधम बुकिङ्ग समेत भैरहेको बताएका छन ।

ब्याहुतले मेलाका लागि अन्दाजी ३० लाखको लागत लाने बताउदै एस्पोन्सर तथा सहयोगी हातहरु अझ सम्पर्कमा आईरहेको बताए । मेलाले कलैयाको आन्तरिक पर्यटन बिकास सङ्गै ब्यापारमा समेत टेवा पुग्ने र स्थानिय उपजको पनि बजारिकरण हुने प्रमुख अतिथी यादबले जनाएका छन।यादबले मेलाको लागि आवस्यक पर्ने सबै सहयोग कलैया सरकारले गर्ने बताउदै यी र यस्ता मेलाको सम्बर्द्धन तथा प्रवर्द्धन कलैया सरकार सङ्गै तमाम नगर बासिले गर्नुपर्ने बताएका छन । आयोजकले समस्त सरोकारवाला लाई मेला सफल गर्न आवस्यक सहयोग का लागि आग्रह गरेको छ ।

मेलामा रहने स्टलको लागत रु.५ हजार देखि २५ हजार सम्म रहेको आयोजक संस्थाका सचिव अर्जुन गुप्ता ले बताएका छन ।

उदघाटन कार्यक्रममा नगर उप प्रमुख रहिमा खातुन,प्रमुख प्रशासकिय अधिकृत नाथु साह,वडा नम्बर २ का अध्यक्ष राजेश मण्डल,४ का अध्यक्ष जट्टाशन्कर सहनी,१२ का अध्यक्ष राजेश्वर केशरी,१९ का लतिफ मिया ठकुराई,२१ का अध्यक्ष पुनदेव रौनियार,२२ का अध्यक्ष लालबाबु यादब,२५ का अध्यक्ष राजेश स्वर्नकार,२७ का अध्यक्ष रेयाजुल अन्सारी,प्रशासन शाखा प्रमुख हाजी मुस्ताक अन्सारी,बारा उधोग बाणिज्य संघका अध्यक्ष राजकुमार साह, कोषाध्यक्ष राजेश बुढा,तरुण दल बाराका अध्यक्ष लुकेश सिंह,लोसपा नेता जय प्रकाश साह,राष्ट्रीय युवा संघ का केन्द्रिय सदस्य पप्पु साह,वाईसिएलका केन्द्रिय सदस्य डा.सुशील साह,जेसिज कलैयाका अध्यक्ष शम्भु कुप्ता,धनिलाल सरार्फ,गङ्गा सागर कुश्वाहा,जेसिजका महासचिव पवन कुश्वाहा,नेबि संघका नेता दिपेन्द्र पटेल,नेजामुदिन अन्सारी ,गणेश ब्याहुत कलवार,आशिष् कुमार गुप्ता,धर्मेन्द्र यादब,सन्दिप बरै लगायतकाको उपस्थिति रहेको थियो ।

मेलामा विभिन्न खालका मनोरञ्जनात्मक खेल तमासा को समेत आगमन भैइसकेको छ । मेलाको प्राबिधिक सहयोग द लिड ईन्टरटेनमेन्ट एन्ड एडभरटाईजले गरेको छ भने कलैया सिटि जिसिजले सहयोग गरिरहेको छ मेलाको मुख्य सहयोगी कलैया उपमहानगरपालिका रहेको छ । मेलाको बिश्वास एफएम मुख्य मिडिया पार्टनर को रुपमा रहेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर