कलैया । प्रदेश २ को अस्थायी राजधानी धनुषामा एक प्रधानाध्यापकलाई चप्पल प्रहार भएको छ ।धनुषाको सवैला नगरपालिका स्थित फकिर चन्द उच्च माध्यमिक विद्यालय बरकुर्वा, रघुनाथपुरका प्रधानाध्यापकलाई कुटपिट गरिएको हो । उनलाई जनमत पार्टीका कार्यकर्ताले कुटपिट गरेका हुन ।
विभिन्न मांग सहित पछिल्लो चार दिन देखि आन्दोलित विद्यार्थीहरुको मांग सुनुवाई नगरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले कुटपिट गरेका हुन् ।प्रधानाध्यापक वैजु साह मोटरसाइकलमा चढेर विद्यालय जाँदै गर्दा सीके राउतका विधार्थी संगठनका कार्यकर्ताले मोटरसाइकल रोकाएर चप्पलले कुटपीट सहित कालोमोसो दले पछी प्रधानाध्यापक भागेका थिए ।
के छ विद्यार्थी को माग ?
विद्यार्थीहरुले नियमित पठन–पाठन हुनु पर्ने, शिक्षकको व्यवस्थापन हुनु पर्ने, विभिन्न शुल्कको नाममा लिइएको रकमको विल विद्यार्थीहरुले पाउनु पर्ने, कक्षा ११ र १२ का विद्यार्थीहरुले पुस्तक पाउनु पर्ने, विद्यालयका नाममा आएका सामाग्रीहरु विद्यालयमा राख्नु पर्ने, विद्यालय सुधारका लागि सरोकारबालाहरुको बृहत भेला गरी अन्य विषयहरुमा निर्णय लिनु पर्ने माग गरेका थिए ।







