युनिक यादव,काठमाडौँ । जबरजस्ती करणी गर्ने कलैयाका एक जना पक्राउ परेका छन् । पक्राउ पर्ने मा कलैया उपमहानगरपालिका वडा नं. २१ बस्ने वर्ष ३८ को जाहिर अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय पर्सा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनु भयो ।

अन्सारीले उच्च शिक्षाको लागि बीरगञ्जमा डेरा लिई बस्दै आएकी १९ वर्षीय युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रब्क्ता खनालले बताउनु भयो ।

अन्सारीलेआफ्नो नाम विकास यादव भनी झुठो परिचय दिएर साथै आफू अविवाहित रहेको भनी झुक्याई प्रेम सम्बन्ध गाँसी विवाह गर्ने प्रलोभन समेत देखाई २ वर्षदेखि बीरगञ्ज नगरका विभिन्न स्थानमा पटकपटक करणी गरेको सो क्रममा उनले आफ्नो मोबाइलले अश्लील फोटो र भिडियो खिचेको भन्दै पीडित युवती ले प्रहरी लाई कात्तिक ११ गते दिएको जाहेरी आधारमा पक्राउ गरिएको प्रब्क्ता खनालले बताउनु भयो ।

गत असोज २७ गते राती आफू एक्लै भएको मौका छोपी डेराकोठामा आएर अश्लील फोटो र भिडियो सार्वजनिक गरी भाइरल गरिदिने भनी डरत्रास देखाई अनुचित दबाबमा पारी जबरजस्ती करणी गरेको समेत पीडित ले प्रहरी समक्ष जाहेरी दिएकी थिइन ।

प्रहरी ले अन्सारी लाई बीरगञ्ज महानगरपालिका वडा नं.०८ स्थित भारतीय कन्सुलर कार्यालय अगाडिबाट पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिई जबरजस्ती करणी सम्बन्धी कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन ७ म्याद थप गरी अनुसन्धान भइरहेको प्रब्क्ता खनालले बताउनु भयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर