ब्रीजेश गिरी , कलैया । चाँदीको गर गहनासहित एक जना लाई पर्सा प्रहरी ले पक्राउ गरेको छ । पक्राउ पर्ने मा वीरगञ्ज महानगरपालिका वडा नम्बर १ बस्ने वर्ष ३९ का रामबाबु साह सोनार रहेको जिल्ला प्रहरी कार्यालय पर्सा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनु भयो ।भारतबाह्हट अवैधरूपमा चाँदीका गरगहनाहरु ल्याउँदै गरेको सूचना को आधारमा प्रहरी चौकी सिर्सियाबाट खटिएको चेकिङ टोलिले वीरगञ्ज महानगरपालिका वडा नं.१७ अलौ सिर्सियामा भारत रक्सौलबाट वीरगञ्ज तर्फ आउँदै गरेका सोनार लाई प्रहरी ले पक्राउ गरेको हो ।ं

बी आर २२ ए सि ४०९९ नम्बरको मोटरसाइकल सवार सोनार लाई तलासी गर्दा उनले बोकेको रातो ब्यागभित्र चाँदी जस्तो देखिने धातुबाट बनेको तयारी गरगहनाहरू १ के.जी.०४५ ग्राम प्रहरी ले फेला पारेको हो । उनलाई पक्राउ गरि आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको प्रहरी ले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर