साजिर मन्सूर
कलैया,कार्तिक १४

गएको कार्तिक ९ गते पचरौता नगरापालिका माथी भएको साङ्घातिक हमलाको मुख्य योजनाकार तथा सन्लग्न दोषीमाथी कडा कार्वाही नगरिए सम्म नगरपालिकाको कार्यालय तथा मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरिएको छ । कलैया स्थित जिल्ला प्रशासन कार्यालय बाराको सभाहलमा निमित प्रमुख प्रशासकिय अधिकृत श्याम प्रसाद यादवले निर्णयको कपि शाखा प्रमुख ओम बहादुर खडकालाई बुझाउदै यस्तो बताएका हुन । बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल काम बिशेषले कार्यालय बाहिर रहेकाले खडकाले सो पत्र बुझ्दै आफुहरु यो बिषयमा बुझ्न भोलि नै पचरौता जाने र सत्यतथ्य बुझेर सिडिओलाई प्रतिबेदन बुझाउने बताए ।
यता पचरौता नगरपालिकाको कामकाज अनिश्चित समयका लागि बन्द किन गरेको भनेर सोधेको प्रश्नमा प्रमुख प्रशासकिय अधिकृत यादबले कार्यालय पुर्ण रुपमा तोडफोड भएकोले काम गर्ने कुनै पुर्वाधार नभएका कारण आफुहरु यस्तो गर्न बाध्य भएको बताए । नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रमोद यादबले हिजो सम्म शिक्षक नै नभएका कारण पढाइ हुनै नसक्ने बताएर बिद्यार्थी लाई प्रयोग गरि तोडफोड मचाउने अनि आज बिधालय खोलेर कसरी पढाइ हुदैछ भनेर प्रश्न गरे । यता आम नागरिकले समेत छिटो दोषि पहिचान गरि कार्यवाही गर्नुपर्ने बताएका छन । अब हेर्ने कुरा यो छ कि स्थानिय प्रशासनले कहिले सम्म छनबिन गरि प्रतिबेदन सार्वजनिक गर्छ र कार्वाही के हुन्छ? साथै नगरबासिको काम कहिले सम्म ठप्प रहन्छ ?

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर