साजिर मन्सूर , कलैया । नेपाल स्काउटको जिल्ला स्काउट साखाको आज उदघाटन भएको छ । प्रदेशकै तालिम केन्द्र भएकोले कलैयाको लागि खुशिको कुरा हो भन्दै यस्को समग्र बिकासका लागि सहयोग गर्ने प्रमुख अतिथि राजेश राय यादबले बताए ।
दोश्रो तल्लाको काम अधुरो भएको ले मेयर यादबले छ्त ढलान का लागि यो बर्ष १० लाख दिने प्रतिबद्धता जाहेर गरेका छन । जिल्ला आयुक्त भरत साहले सुभकामना मन्तव्य राख्दै धेरै नै परिश्रमका साथ जिल्ला शाखाको उदघाटन गरिएको हो । २०३४ सालमा बारामा स्थापना भएको आफुले २०६४ सालमा निर्वाचित भएर कार्यालय स्थापना गर्ने बाचा स्वरुप कार्यालय स्थापना भएको हो ।
कलैया उपमहानगरपालिका ३ भवानिपुरमा रहेको सिदेस्वर संस्कृत बिधालयको पछाडी रहेको ५ कट्ठा जग्गामा सो कार्यालय स्थापना भएको हो । प्रदेश २ को तालिम केंद्रको रुपमा घोषणा भएको यो कार्यालयको भौतिक निर्माण सम्पन्न गर्न स्थानीय सरकार सङ्ग साहले आग्रह गरे । स्काउटले सम्मान गरेकोमा धन्यवाद दिदै कलैया उपमहानगरपालिका का प्रमुख प्रशासकिय अधिकृत नाथु साहले स्काउटको कार्यालय स्थापना भएकोमा खुशी ब्यक्त गर्नुभएको छ ।
कलैया उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख उप सचिव प्रल्हाद बर्णवालको अध्यक्षतामा भएको कार्यक्रममा बाराका तीन वटै सुरक्षा निकायका प्रमुख,समाजसेवी जङ्गबहादुर यादब,सुरेश मोदक,युवा नेता मुकेश साह,काङ्ग्रेस नेता तेजनारायण साह,दुर्गा माबिका प्रधानाध्यापक मनोज यादब,जनता माबिका प्रधानाध्यापक लालबाबु जयसवाल,मनकामना कलेज का प्रमुख रामबाबु कुशवाहा,नाजिर अन्सारी सहित स्काउटका पदाधिकारी तथा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो । सो अवसरमा आमन्त्रितहरुलाई मायाको चिनो र गम्छा ओढाएर सम्मान गरिएको थियो ।