साजिर मन्सूर,कलैया । मधेशको संस्कृति लोप हुनबाट जोगाउन मधेसी सान्स्कृतिक कार्यक्रमको आयोजना गर्नुपर्ने प्रसौनी गाउपालिकाका अध्यक्ष भोला गुप्ताले बताएका छन ।

मधेशको संस्कृति जोगाउन र लोप हुँदै गएको विभिन्न खालका झाकी झल्काउन प्रसौनी गाउपालिकाले मधेसी सान्स्कृतिक कार्यक्रम को आयोजना गरेको छ । सो अवसरमा झिझिया,जाट्जाटिन,समाचकवा सहित मधेशी संस्कृति झल्काउने प्रस्तुती प्रस्तुत गराईएको गाउपालिका अध्यक्ष गुप्ताले बताए । गुप्ताले पछिल्लो समयमा भोजपुरी भाषा र संस्कृति माथी पस्चिमेली संस्कृति को प्रभाव बढदै गएपछी आफ्नो मधेसी संस्कार र परम्परा लाई नया पुस्ता माझ परिचित गराउन यो कार्यक्रमको आयोजना गरिएको बताए ।

गाउपालिका अध्यक्ष गुप्ताले आफू सदैव भोजपुरी भाषी भएकोमा गर्व गर्ने गरेको बताउदै आजको समयमा भोजपुरी भाषामा देखिएको अस्लिललताले भोजपुरी को मिठास हराउदै गएको प्रती चिन्ता ब्यक्त गरे । सोही अवसरमा प्रदेश २ सरकारका पुर्व भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनलले आजको पिढिलाई मधेसी संस्कार र संस्कृति सिकाउन यो कार्यक्रमले महत्वपुर्ण सहयोग पुग्ने बताए ।

स्थानिय सरकारले यो बिषयलाई महत्व नदिए हाम्रो संस्कार लोप हुने खतरा रहेको बताउदै सबै जनताले आ आफ्नो सन्ततिलाई भाषा र सन्कार सिकाउनु पर्ने बताए । सोही अवसरमा बोल्दै पुर्व केन्द्रिय खेल्कुद मन्त्री सान्सद एकबाल मियाले समाजिक सन्जालको बढ्दो गलत प्रयोगले पनि मधेषी मिठास हराउदै गएको बताए । मियाले केन्द्र सरकारले पनि देशको हरेक भेषभुषा भाषा संस्कृति लाई जोगाउन र सम्बर्द्धन गर्न आवस्यक बजेट छुट्याएर कार्यक्रम निर्धारण गर्नुपर्ने बताए ।

गाउपालिका को उपाध्यक्ष गिता साहले मधेसी संस्कृतिले मधेशमा महिला र पुरुष लाई समान हैसियत र सम्मान दिएको बताउदै हामी अरुको संस्कृति को देखासिकी गरेर आफ्नो संस्कार भुल्न नहुन सबैमा आग्रह गरिन ।

गाउपालिकाले एसईई मा उतिर्ण १० जना उत्कृष्ट छात्र छात्राहरुलाई नगद २५ हजार सहित साईकल समेत बितरण गरेको गाउपालिकाका लेखा अधिकृत प्रेम प्रसाद राउतले बताए । गाउपालिका द्वारा कुनिल पण्डित कुम्हाल,नसिमा खातुन,प्रनिषा जयस्वाल,पृया गुप्ता,रोशन राज गिरि,रोशन राज साह,श्याम कुमार दास,श्याम जानकि मण्डल,सुभेच्छा कुश्वाहा र सुभास दास तत्मा लाई सम्मनित गरिएको गाउपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत सुरेश साहले बताए । गाउपालिकाले समग्र बारा जिल्लामा अस्लिल गित र डिजे प्रतिबन्ध गराउन दिनरात अस्लिलता मुक्त समाज निर्माण अभियानमा लागेका अभियन्ता सन्चारकर्मी साजिर मन्सूरलाई बधाई दिदै प्रसंशा पत्र द्वारा सम्मान गरेको छ ।

सो अवसरमा प्रसौनी गाउपालिकाका जनप्रतिनिधि सहित हजारौ जनताको उपस्थिति रहेको थियो । जनकपुरको मिथिला नाट्य परिषद (मिनाप) को समुहले सो सान्स्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो । कार्यक्रमको सन्चालन वडा अध्यक्ष आनन्द गुप्ताले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर