साजिर मन्सूर ,कलैया । ओलिको एकल घमण्डले नेपालमा एतिहासिक जित हासिल गरेको कम्युनिस्ट सरकार ध्वस्त भएको संघीय सरकारका श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठले बताएका छन ।

हामी लाल गद्दार हैनौ,सम्बिधानको रछाका लागि समयको माग अनुसार निर्णय गरेर संबैधानिक सन्कटबाट जोगाउन नया पार्टी खोल्नु परेको श्रेष्ठले बताएका छन । कलैयामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले बाराको अगुवा नेताले गद्दारी गर्यो रातारात लोभ पाप मा परेर बाराका केही अगुवा नेताले आफुलाई बेचेर गएको आरोप लगाए ।

श्रेष्ठले हामिलाई अगाडी बढ्नुस ओलि प्रवृत्तिको अन्त्य गर्नुपर्छ भन्दै रातारात बेचिएका बाराका अगुवा नेताको हैसियत अब सबैले बुझेको बताए । देउवा नेतृत्व को सरकारकै पालामा बहुप्रतिछित फास्ट ट्रयाक निर्माण सम्पन्न र निजगढ अन्तरास्ट्रिय विमान स्थलको काम समेत अगाडी बढ्ने श्रेष्ठलेले ठोकुवा गरेका छन । अब श्रम मन्त्रालय सङ्ग सम्वन्धित सम्पुर्ण खालका धिला सुस्ती र वैदेशिक रोजगारका समस्या आफुले गहन रुपमा लिएर अन्त्य गराउने बताएका छन ।

किशान श्रेष्ठले बोलेकै गर्ने र गर्ने कुरा मात्र बोल्ने बताउदै केवल मन्त्रालयमा बसेर स्विच थिचेर बिकास नहुने बताउदै ओलिमाथी भ्रस्टाचारिको सेनापती भएको आरोप लगाएका छन । सैनिक,प्रहरी,निजामती लगायतका लागि अस्पताल भएझै श्रमिकहरुका लागि श्रमिक करिडोरहरुमा श्रमिक अस्पताल बनाउने गृहकार्य गरिरहेको श्रम मन्त्री श्रेष्ठले उदघोष गरेका छन ।

एकीकृत समाजबादी पार्टीको बारा प्रचार बिभाग प्रमुख रमेश सुबेदिको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सन्चालन सन्चारकर्मी अजय साहले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर